- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नयाँ दल दर्ताका लागि महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा निवेदन दिएको छ । नयाँ दर्ता हुने दलमा ठाकुर अध्यक्ष र राजेन्द्र महतो वरिष्ठ नेता हुनेछन् ।
बुधवार आयोगको केन्द्रीय कार्यालय पुगेर उनीहरूले जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।
आयोगले आफूहरूको निवेदन ४३४ नम्बरमा दर्ता गरेको नेता महतोले जानकारी दिएका हुन् ।
उनका अनुसार हाल नयाँ दलमा २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट पदाधिकारी गठन गरिने छ ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकताको विवाद छिनोफानो गर्दै उपेन्द्र यादव नेतृत्वको जसपाबाट आधिकारिकता दिएको थियो ।
तर, सरकारले दल विभाजनका केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य सङ्ख्या पुग्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याइदिएपछि ठाकुर पक्षलाई समेत त्यसको फाइदा पुगेको हो ।