arrow

एमाले समाजवादीको संयोजकमा माधव, वरिष्ठ नेता झलनाथ

३१ सांसद माधव पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा नै विभाजित बनेको छ । माधव नेपालले निर्वाचन आयोग पुगेर एमाले समाजवादी नामको दल दर्ताका लागि निवेदन दिएपछि प्रमुख प्रतिपक्षी दल एमाले औपचारिक रूपमा नै फुटेको हो । 

नयाँ दलको संयोजकमा नेता नेपाल रहने गरी दल दर्ताका लागि निवेदन दिइएको निर्वाचन आयोगले जनाएको हो । यस्तै नेता झलनाथ खनाललाई भने वरिष्ठ नेता राखिएको छ भने ९५ सदस्सीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ । 

तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि नेपाल आफैंले निवेदन दर्ता गराएको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ