arrow

यी हुन् नेपाल पक्षका ९५ केन्द्रीय सदस्य (नामावली सहित)

पुराना नेताहरूले साथ नदिएपछि नयाँ अनुहार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ भदौ २ बुधबार
madhav-kumar-nepal_1617970427.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले विभाजनमा माधवकुमार नेपाललाई पुराना नेताहरूले साथ नदिएपछि नयाँ अनुहारको साथ लिएका छन्। नवौँ महाधिवेशनदेखि नेकपा काल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएपछि उनले बाध्य भएर नयाँ नेताहरूको साथ लिएका हुन्।

नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। केपी ओलीसँग जति असहमति र सङ्घर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका थिए।

कतिपय नेता मोबाइल अफ गरेर बसेका थिए। माधव नेपाल आफै निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका छन्। नेपालले दल दर्ता गराउने क्रममा नेपालसँग रहेका नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालको मात्र साथ पाएका छन्। रघुजी पन्त समेत विभाजनको पक्षमा लागेको देखिएन।

एमाले स्थायी कमिटीमा माधव नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा छन् । तर ती मध्ये भुसाल र न्यौपाने मात्रै साथमा देखिएका छन्।

यी हुन् ९५ जना केन्द्रीय सदस्यहरुः
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. प्रदीप नेपाल
५. डा. बेदुराम भुसाल
६. प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८. डा. विजयकुमार पौडेल
९. डा. गङ्गालाल तुलाधर
१०. प्रकाश ज्वाला
११. नागेन्द्रप्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४. जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाथप्रसाद साह
१८. रामप्रित पासवान
१९. रामचन्द्र यादव
२०. यदुवंश झा
२१. रत्नेश्वर गोइत यादव
२२. श्रीप्रसाद साह
२३. रविन्द्र बैठा धोवी
२४. लक्ष्मण पौडेल
२५. मदनकुमारी शाह (गरिमा)
२६. देवशंकर पौडेल
२७. विरोध खतिवडा
२८. मेटमणि चौधरी
२९. विश्वनाथ प्याकुरेल
३०. प्रेमलकुमार खनाल
३१. विजय गुरुङ
३२. सावित्रा भुसाल
३३. रामकुमारी झाँक्री
३४. गौरा प्रसाईं कोइराला
३५. रामकुमार ज्ञवाली
३६. खगेन्द्र चुडाल
३७. सरलाकुमारी यादव
३८. सुधिरप्रसाद साह
३९. कल्याणीकुमारी खड्का
४०. शत्रुधन महतो
४१. रामचन्द्र साह
४२. दिनेशकुमार राई
४३. हंशबहादुर शाही
४४. शेरबहादुर के.सी.
४५. निरादेवी जैरु
४६. प्रेमबहादुर आले
४७. भागवत नेपाली
४८. चुडामणि वि.क. जंगली
४९. घनेन्द्र बस्नेत
५०. राजेन्द्रकुमार राई
५१. बलदेव चौधरी
५२. डा. देउमान सम्बाहाम्फे
५३. भाष्कर काफ्ले
५४. कृष्णप्रसाद खनाल
५५. रविन कोइराला
५६. महम्मद महफुज अन्सारी
५७. केशवलाल श्रेष्ठ
५८. नरेश खरेल
५९. भानुभक्त जैसी
६०. चन्द्रबहादुर शाही
६१. दिलकुमारी पन्त
६२. बलराम बास्कोटा
६३. बसन्तप्रसाद मानन्धर
६४. महेश रेग्मी
६५. श्रीनाथ बराल
६६. सारदाप्रसाद सुवेदी
६७. गोविन्द कोइराला (बाँके)
६८. सुरेश कार्की (उदयपुर)
६९. पुरुषोत्तम पौडेल (बारा)
७०. उर्वादत्त पन्त (कञ्चनपुर)
७१. दलबहादुर सुनार (बाँके)
७२. गणेश काङमाङ (पाँचथर)
७३. प्रभा बज्राचार्य (काठमाडौँ)
७४. मुनु सिग्देल (मकवानपुर)
७५. उषा पोखरेल (सप्तरी)
७६. रमा आले मगर (काठमाडौँ) 
७७. रिता रावल (जाजरकोट) 
७८. माया भट्ट (वैतडी)
७९. पूर्णा जोशी (डोटी)
८०. कृष्णा राई
८१. विद्या चामलिङ (मोरङ)
८२. रेखा थापा बश्याल (तनहुँ)
८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङजा)
८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)
८५. अनारकली मियाँ (दाङ)
८६. देवी ओली (रुकुम)
८७. नन्दा शर्मा चपाईं (सुर्खेत)
८८. दुर्गा परियार (उदयपुर)
८९. कौशिला सिंह (बर्दिया)
९०. यमुना भुसाल (अर्घाखाँची)
९१. उदया शर्मा (काठमाडौ)
९२. आशा यादव (सिराहा)
९३. गोमा विष्ट (मकवानपुर)
९४. सीता बस्याल (चितवन)
९५. विभा कार्की (पर्सा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ