arrow

विश्व जुनियर एथलेटिक्समा अजितको खराव प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
ajit-yadav-athletics.JPG

काठमाडौं । केन्याको नैरोबीमा आयोजित वर्ल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले खराव प्रदर्शन गरेका छन् । पुरुषको ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका अजितले व्यक्तिगत प्रदर्शनसमेत सुधार गर्न असफल भए । 

बुधबार भएको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ९ मिनेट १५.२७ सेकेन्डमा पूरा गरे । १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४ औं स्थानमा रहे ।

उनी आफ्नो प्रदर्शनमा समेत सुधार गर्न नसक्दा तल परेका हुन् । यसअघि उनको उत्कृष्ट समय ८ मिनेट ३०.३२ सेकेन्ड हो । हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा ३ हजार मिटरमा स्वर्णपदक जितेका अजितले त्यो बेला यो रेकर्ड राखेका थिए । 

यही स्वर्ण जितेकै आधारमा उनले विश्व च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन् । इथियोपिकाका टाडेसे वर्कुले वल्र्ड यू–२० जुनियर च्याम्पियनसिप जित्न सफल भएका छन् । उनले ७ मिनेट ४२.०९ सेकेन्डमा दूरी पूरा गरे । 



नयाँ