arrow

प्रदीप नेपालले भने –  ‘म माधव नेपालको मान्छे हुँ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
Pradip-Nepal11.jpg
तस्वीर–फाइल ।

काठमाडौं । कम्युनिष्ट नेता प्रदीप नेपालले आफू माधवकुमार नेपालको मान्छे भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान स्टाटस लेख्दै नेपालले आफू माधव नेपालकै मान्छे भएको स्पष्ट पारेका हुन् । 

बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर केन्द्रीय कमिटीमा राख्दा प्रदीप नेपालले माधव नेपालले आफ्नो स्वतन्त्रता हनन् गरेको आरोप लगाएका थिए । बुधबार फेसबुक स्टाटस लेखेर माधव नेपालमाथि लगाएको आरोप भने प्रदीप नेपालले हटाएका छन् । 

तर भोलिपल्ट नै उनले आफू माधव नेपालको मान्छे भएको स्पष्ट पारेका हुन् । उनले अहिले आफू कुनै पनि कमिटीमा नरहेको र छ वर्षदेखि नै कमिटीविहीन भएको उल्लेख गरेका छन् । 

पूर्व संचारमन्त्री प्रदीप नेपालले लेखेका छन्, ‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन, छ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ