arrow

नबिल बैङ्क र मुक्तिनाथ विकास बैङ्कबीच व्यापार सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
nabil-mou-mukti-bikash-bank.JPG

काठमाडौँ। नबिल बैङ्कले मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैङ्किङ सुविधाहरू उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैङ्क लिमिटेडका ग्राहकहरूले नबिल बैङ्क मार्फत लेटर्स अफ क्रेडिट, डक्यूमेन्ट अगेन्स्ट पेमेन्ट, डक्यूमेन्ट अगेन्स्ट ऐक्सेप्टन्स, लोकल बैङ्क ग्यारेन्टी आदि सुविधाहरू उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैङ्कको ग्राहकहरूले आधुनिक बैङ्किङ सुविधाहरू उपभोग गर्ने अवसर प्राप्त गर्ने बैंकले जनाएको छ।

साथै यस सम्झौता पश्चात् दुई बैङ्कबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीय करण कर्जा, विदेशी मुद्रा सम्बन्धी अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको  बैङ्कको विज्ञप्तिमा उल्लेख छ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाहले भने “नबिल बैङ्कले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैङ्कको ग्राहकहरूलाई विस्तारित बैङ्किङ सुविधा प्रदान गर्न पाउँदा खुसी छौ। यस व्यापार सम्झौता अन्तर्गत रहेर मुक्तिनाथ विकास बैङ्कको बैङ्किङ साझेदार हुन पाउँदा नबिल बैङ्क उत्साहित छ र दुवै बैङ्कका ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा सुविधा प्रदान गर्नको लागि नबिल बैङ्क तत्पर छ।”

नबिल बैङ्कसँग भएको यस सम्झौताले मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले आउँदा दिनहरूमा प्रतितपत्र, बैङ्क जमानत, डिमाण्ड ड्राफ्ट लगायतका वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैङ्कका शाखाहरू बाट नै प्राप्त गर्ने भएकाले वैदेशिक व्यापारमा संलग्न ग्राहकहरूलाई समग्र 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ