arrow

नेपाल टेलिकममा संकट, प्रबन्ध निर्देशकविरुद्ध बिराटनगरमा १६ औं दिन आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
nepal telecom.jpg

काठमडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम सङ्कटको अवस्थातिर धकेलिएको छ । टेलिकमका कर्मचारीहरू निरन्तर आन्दोलित हुँदै गएका छन् भने, कम्पनी तीव्र घाटामा गएको छ । टेलिकममा करिब एक महिना अघि देखि कर्मचारी विनियमावली संशोधन र कार्यान्वयनको माग गर्दै कर्मचारीहरू आन्दोलित छन् ।

केन्द्रीय कार्यालय थापाथली काठमाडौँबाट सुरु भएको आन्दोलन अहिले देशभरिकै कार्यालयमा पुगेको छ । 

प्रादेशिक निर्देशनालय विराटनगरमा सोमबार १६ औं दिन धर्नासहितको आन्दोलन चलेको छ । टेलिकमको नयाँ विनियमावलीले कर्मचारीहरूको वृतिविकास रोक्ने नीति अपनाएको भन्दै संशोधन गर्नुपर्ने कर्मचारीहरूको माग छ । 

तर, यसका लागि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नै आफ्नो स्वार्थमा चासो नराखेको भन्दै कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

उता टेलिकम निरन्तर घाटामा गएको छ । आर्थिक वर्ष २०७४ ०७५मा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकालमा टेलिकमले १७ अर्ब ४० करोड नाफा गरेको थियो। 

त्यसपछि डिल्लीराम अधिकारी प्रबन्ध निर्देशकमा आएपछि २०७५ ०७६ मा टेलिकमको नाफा ७ अर्ब २० करोडले घटेर १० अर्ब २० करोड सीमित भयो ।

अधिकारीको दोस्रो वर्ष अर्थात् ०७६र०७७ मा नाफा अझै घटेर ८ अर्ब ५५ करोड पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ