arrow

पेट्रोलियम पदार्थको मूल्य बढ्योः  पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ, ग्याँस १४ सय ५०

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
Nepal-Oil.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

भारतमा भएको मूल्यबृद्धीलाई देखाउँदै नेपाल आयल निगमले  पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बृद्धी भएको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यसअघि १२८ रुपैयाँ थियो ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।  यस्तै खाना पकाउने ग्यासको मूल्य बढेर प्रतिसिलिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ । ग्याँसमा २५ रुपैयाँ बढाइएको हो । बढेको मूल्य आजै सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ