arrow

विश्वकै लोकप्रिय एमजोन प्राइमबाट नेपाली फिल्म ‘एटीन’ रिलिज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
vedio.png

काठमाडौं ।  नेपाली फिल्मले विश्वका विभिन्न चर्चित स्थानहरुमा प्रिमियर र प्रर्दशन हुने अवसर पाएका छन् । तर विश्वकै लोकप्रिय र विश्वसनिय एमजोन प्राइममा विरलै पाउने अवसर नेपाली फिल्म ‘एटीन’ले  प्राप्त गरेको छ ।

कोरोना महामारीले चलचित्र क्षेत्र थलिएका बेला चलचित्रहरु डिजिटल प्ल्याटफर्ममार्फत दर्शकसामु पुग्ने विकल्पहरु प्रशस्त छन् । तर एमजोन जस्तो विश्वकै चर्चित र विश्वसनीय माध्यममार्फत नेपाली फिल्म ‘एटीन’ले  संसारभरका दर्शक सामु पुग्ने अवसर पाएसँगै चलचित्रका कलाकार, निर्माता निर्देशकहरुले आफ्ना दर्शकहरु सामु खुशी बाँड्ने अवसर पनि पाएका छन् ।

सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ एमजोनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए ।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एलएक्स पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार  र  प्रतिक दुदराजको रहेको छ ।

प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको  ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ