arrow

माधव नेपालको दललाई सरकारमा जाने बाटो खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
madhav-nepal-ncp-united-socialist.jpg
तस्बिर : रासस

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मान्यता पाएको छ । उक्त पार्टीको बुधबार दिउँसो निर्वाचन आयोगमा सनाखत भएसँगै आयोगले दल दर्ता गरी प्रमाणपत्र दिएको हो । प्रमाणपत्रअनुसार नेपालको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दल दर्ता नम्बर १६६ रहेको छ । 

आयोगले दिएको प्रमाणपत्रमा ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेलिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८ ) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८–०५–०९ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको छ ।’

यो पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने उल्लेख गरिएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यको निर्वाचन आयोगमा सनाखत भएसँगै आयोगले प्रमाणपत्र दिएको हो । 

नयाँ दलसँगै नेपालको पार्टीलाई गठबन्धन सरकारमा सहभागी हुन बाटो खुलेको छ । 

निर्वाचन आयोगबाट दलको मान्यता नपाएसम्म शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माधव नेपाल पक्षलाई सरकारमा सामेल गर्न मुस्किल भएको थियो । 

विधिवत रुपमा एमाले फुटेसँगै अब ढुक्कसँग देउवाले माधव नेपालको दललाई सरकारमा सहभागी गराउने छन् । 

सरकारमा नेपालले बराबरीको हैसियत पाउने छन् । उनलाई भागबण्डा पनि प्राथमिकताका आधारमा दिइने छ । राजनीतिक नियुक्तिहरुमा माधव नेपालले निकै नै राम्रो स्थान पाउने छन् । 

गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि माधव नेपालकै पार्टी दर्ताका कारण अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । 

अब सरकारले केही दिनमै पूर्णता पाउने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ