arrow

मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
sherdhan-rai-1.jpg

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् । उनले बिहीबार पदबाट राजीनामा दिने स्रोतले बताएको छ । बिहान ११ बजे बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा राईले एमाले संसदीय दलको नेताबाट राजीनामा दिने तयारी गरेको बताइएको छ । 

सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री राईले मुख्यमन्त्रीको पदबाट पनि राजीनामा दिने छन् । तयारी अनुसार बिहीबारै आचार्यले मुख्यमन्त्रीको सपथ लिने छन् ।  

प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेबाट माधवकु्मार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताइएको छ ।

यो संख्या तलमाथि पर्दा भने मुख्यमन्त्री राईको राजीनामा र आचार्यको मुख्यमन्त्री बन्ने योजनामा केही असर पर्न सक्नेछ । तर एमाले निकट एक सांसदका अनुसार सबै योजना तय भएरै राजीनामाको प्रसंग उठेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ