arrow

जनवादी गायक जेबी टुहुरेको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
JB-tuhure.jpg

काठमाडौं । मस्तिष्कघातका कारण पीडित रहेका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को ७८ बर्षको उमेरका विहीबार निधन भएको छ।

काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत टुहुरेको उपचारकै क्रममा विहीबार १२ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको छ ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी बेहोस भएर लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

संविधानसभा सदस्यसमेत रहेका टुहुरेको आइसियुमा उपचार भइरहेको थियो। टुहुरेको मस्तिष्क सुन्निदै गइरहेको र बढी उमेर भएको कारणले उनको अप्रेशन गर्न सम्भव थिएन।

२०२४ सालदेखि प्रगतिशील सांस्कृतिक क्षेत्रमा लागेका टुहुरेले ‘आमा दिदी बहिनी हो, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ’लगायतका चर्चित गीत गाएका थिए ।

टुहुरेको पार्थिव शरीरलाई पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ