arrow

माधव नेपालले भने - 'हामी सरकारमा जान्छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो दल सरकारमा सहभागी हुने बताएका छन् । दलले आधिकारिकता पाएको भोलिपल्ट आज पहिलो पत्रकार सम्मेलनमा उपस्थित भएका नेपालले गठबन्धन सरकारमा आफ्नो दल छिटै सहभागी हुने घोषणा गरेका हुन् । 

‘हामी सरकारमा जान्छौँ, पाँच दलीय गठबन्धनलाई अगाडी बढाउँछौँ, गठबन्धनलाई दरिलो बनाउने कर्तव्य हाम्रो हो,’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले भने । 

उनले आफ्नो पार्टीले नेपाल कम्युनस्टि पार्टी नछोड्ने पनि बताए । उनले कृषिलाई प्राथमिकतामा राखेर आफ्नो दलले काम गर्नेसमेत उद्घोष गरे । 

उनले रेल र पानीजहाजको सपना आफ्नो दलले नबाढ्ने भन्दै किसानलाई मालिक बनाउने गरी अघि बढ्ने दाबी गरे । 

अध्यक्ष नेपालले केपी शर्मा ओलीले दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाउँदै नेता कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित हुन पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ