arrow

नेपाललाई सांसद जोगाउनै कठिन, कल्लाई कुन पद दिने अन्योल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
madhav-kumar-nepal-media-brief.jpg
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल।

काठमाडौं। माधव नेपालले नयाँ दल गठन गरेसँगै उनीसँग रहेका सांसद र नेता कार्यकर्ता जोगाउनलाई कठिन देखिएको छ । ओली समूहले पेलेर सरकार र पार्टीमा कुनै पनि जिम्मेवारी नदिएका नेता कार्यकर्ता तथा सांसदहरू नेपालको पार्टीमा रहेका कारण उनीहरूलाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बाध्यता भए पनि थोरैले मात्र सो अवसर पाउने हुँदा नेता कार्यकर्ता जोगाउन कठिन भएको हो।

तत्काललाई सङ्घीय सांसद जोगाउनु पर्ने पहिलो चुनौती देखिएको नेताहरूले बताएका छन्। माधवकुमार नेपाल आफै संसदीय दलको नेता हुने भएकाले उनको लागि कुनै समस्या देखिएको छैन। मुकुन्द न्यौपानेलाई तत्कालै सरकारी जिम्मेवारी दिने सोचाई बनाएका नेपालले सरकारमा पठाउने सम्भावना रहेको छ।

कल्याणीकुमारी खड्का संसदीय समितिमा रहेका कारण उनलाई त्यही राख्ने सोचाइमा देखिन्छन् नेपाल । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्रीले सरकारमा जान चाहेका छन् । त्यस्तै निरादेवी जैरु, प्रेमबहादुर आले पनि सरकारमा जान चाहेको छन्। ओलीले मन्त्री पदबाट हटाएर रुष्ट भएपछि आले नेपाल समूहमा आएका हुन्। 

नेपाल समूहको प्रवक्ताकै भूमिकामा रहेका मेटमणि चौधरीलाई सरकारको लोभ रहेको छ । त्यस्तै सरला यादवले उपसभामुखमा दाबी गरिरहेकी छिन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन , कृष्णलाल महर्जन पनि कुनै न कुनै समितिको सभापति हुन खोजिरहेका छन्। 

कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीको दाबी गरिरहेका छन्। कलिला खातुन,हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, पार्वतीकुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी, बेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि सरकारमा सहभागिताका लागि आकांक्षी रहेका छन्। 

नेपाल समूहमा पछि तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्। तुलसा थापाले पनि सरकारमा सहभागी हुने इच्छा व्यक्त गरेको स्रोतको दाबी छ । थापाका पति वामदेव गौतमले पनि केही दिनमा एमालेबाट राजीनामा दिएर माधव नेपालको पार्टीमा सहभागी हुने जनाइसकेका कारण पनि थापालाई सरकारमा पठाउनु पर्ने बाध्यता नेपाललाई रहेको छ। 

सरकारमा ६ जना, राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतकमा २ जना, प्रतिनीति सभाको प्रमुख सचेतक, सचेतकमा २ जना तथा विकास समितिका सभापतिमा २ जना गरी कम्तीमा १३ जना सांसदले पद पाउने निश्चित भए पनि अन्यको जिम्मेवारी कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू अलमलमा रहेका छन्।  

धनबहादुर बूढा, प्रेम आले र किसान श्रेष्ठ पार्टी नफुट्दै सरकारमा सहभागी हुनपर्छ भनिरहेका हुनाले उनीहरूको दाबी अलि बढी नै रहेको सो पार्टीका एक नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ