arrow

नेपाल टेलिकममा कडा आन्दोलन, कार्यकाल सकिएपछि तल्लो तहमा काम गर्न खोज्दै एमडी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
nepal telecom.PNG

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकममा निरन्तर ३९ औँ दिनसम्म विरोध एवं आन्दोलन जारी छ । ३९ औँ दिन अर्था आज शुक्रवार टेलिकममा कर्मचारीहरूको मागका विषयमा छलफल चलिरहेको छ।

बिहान ६ बजेदेखि चलेको वार्ता सफल भने हुन सकेको छैन । टेलिकमका एक कर्मचारीले प्रबन्ध निर्देशक(एमडी) डिल्लीराम अधिकारीको व्यक्तिगत स्वार्थका कारण वार्ता सफल हुन नसकिरहेको बताएका छन् ।

'एमडी अधिकारी आफू दुई तह तल आएर जागिर काम गर्ने र फेरि माथिल्लो तहमै पुग्ने किसिमको स्वार्थमा छन्', ती कर्मचारीले भने ।

नेपाल टेलिकमको नयाँ कर्मचारी विनियमावलीले  माथिल्लो पदमा आसन्न व्यक्ति कार्यकाल पूरा भएपछि फेरि तल आएर काम गर्ने अवसर दिँदा यसले कर्मचारीको वृत्त वृद्धिमा समस्या निम्त्याएको भन्दै कर्मचारीहरू निरन्तर सङ्घर्षरत छन् ।

तर, एमडीकै स्वार्थका कारण वार्तासहित सम्झौता भएको विनियमावली संशोधनका एवं कार्यान्वयनका लागि पहल नभइरहेको कर्मचारीहरूको गुनासो छ ।

शुक्रवार अर्थात् आजको वार्ता सफल हुन नसकेमा आइतबारदेखि कडा आन्दोलन गर्ने नेपाल टेलिकम वकर्स युनियनका महासचिव सुरेश प्रसाद रौनियारले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ