arrow

केदार कटुवाल

सप्तकोशीमा बाढी बढेसंगै बेलका नगरका २५ सय परिवार उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
koshi.jpeg

उदयपुर । सप्तकोशी नदीको उच्च वहाबका कारण उदयपुरको बेलका नगरपालिकाका केही वडाका स्थानीय जोखिममा परेका छन् ।

एक हप्तादेखि लगातार परेको बर्षाका कारण सप्तकोशीले पश्चिमतर्फ धार परिबर्तन गर्दा नगरपालिकाका वडा नं २ , ३ , ८ र ९ उच्च जोखिममा परेको निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बताए ।

सप्तकोशीको बाढीले सोबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलंका टापु र रामनगरका २५ सय परिवार उच्च जोखिममा परेका हुन्।

आइतबार दिउँसो बेलका नगरपालिकाको सभा हलमा उदयपुर जिल्ला बिपद् व्यवस्थापन समितिको बैठक निमित्त प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको र बैठकले सप्तकोसीमा आएको उच्च बाढीले बेलका–८ लाउरेको खोज परियोजनाबाट कटान गर्दै नदिको धार तथा बहाव नगरको २ , ३ , ८ र ९ तथा सप्तरी जिल्लाका विभिन्न स्थानमा समेत धनजनको क्षतिलाइ मध्यनजर गर्दै तत्कालै बाँध लगाउने,  ह्याभी इकुमेन्ट प्रयोग गर्ने, सिचाइ डिभिजनसंग सहकार्यमा लन्चिङ ड्याम, स्यान्ट रकिङ र तारजाली भर्ने साथै कटानका संभावित क्षेत्रका स्थानीयलाई उद्दार तथा राहतको व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दुर्गा कुमार थापाले बताए ।

उनका अनुसार कोसी कटानका कारण बेलका नगरपालिकामा २५ सय घर परिवार रहेका छन् । तत्कालीन व्यवस्थापनका लागि प्रदेस, संघ सरकार, प्रहरी ,सेना तथा स्थानीयलाइ अनुरोध गरिएको समेत उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ