arrow

युएस ओपनको पहिलो चरणमै पाँच चरणसम्म खेल पुग्यो, एन्डी मरे पहिलो खेलमै ढले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
andy-murray.jpg

काठमाडौं । युएस ओपन टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ब्रिटिश खेलाडी एन्डी मरे पहिलो खेलबाटै आउट भएका छन् । उनी ग्रीक खेलाडी विश्व नम्बर ३ स्टेफानोस सिटसिपससँग पराजित भए । 

यो खेल ऐतिहासिक नै भएको छ । युएस ओपनको पहिलो चरणमै पाँच सेटसम्म खेल पुगेको विरलै सुन्न पाइन्छ । 
मंगलबार बिहान पाँच सेटसम्म चलेको खेलमा सिटसिपसले मरेलाई ३–२ को सेटमा पराजित गरे । सिटसिपस २–६, ७–६, ३–६, ६–३, र ६–४ ले जित निकाल्न सफल भए । 

यो खेल ४ घण्टा ४८ मिनेट चलेको थियो ।

गम्भीर चोटका कारण लामो समय कोर्टबाट बाहिर रहँदै आएका पूर्व विश्व नम्बर एक मरे वरियतामा ११२ औं स्थानमा छन् । 

पाँच वर्षअघि विश्व नम्बर एक रहेका उनको अहिले कुनै चार्म नै देखिँदैन । आलोचकहरुले उनले किन खेलिरहेका छन् ? भनी प्रश्न गरेका छन् । 

यो युएस ओपनबाटै सर्भियन खेलाडी नोभाक जोकोभिच सर्वकालीन महान् टेनिस खेलाडी हुने क्रममा रहेका छन् । 

 उनी सामु वर्षका चारै ग्रान्डस्लाम उपाधि जित्ने अवसर हुनेछ । सन् १९६९ मा रड लाभरले एकै वर्ष चारै ग्रान्डस्लाम जितेपछि कुनै पनि पुरुष खेलाडीले यो सफलता हात पारेका छैनन् ।

जोकोभिचले यो वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ