arrow

नेता, नेतृत्व र विकासका कुरा

logo
सरोज राई,
प्रकाशित २०७३ असार ३० बिहिबार
saroj-rai.jpg.jpeg
विगत केहि  समयदेखि ने.वि संघ महाघिवेशन र NEA(नेपाल इन्जिनियरिङ एसोसियसन)को चुनावी सरगर्मी बढिरहेको छ। धेरै साथीहरु र अग्रजहरुको नेता बन्ने होड र दौड देखेर मानिस किन नेता बन्न चाहन्छन् ? भन्ने प्रश्न आइरह्यो । प्रश्न आफैँमा जटिल भएपनि उत्तर दार्शनिक, राजनितिक, सामानय ढंगले भेटिन सकिन्छ । उद्देश्य प्राप्तिका निम्ति निश्चित समूह र संगठनको नेतृत्व गर्ने व्यक्तिलाई न नेता भनिन्छ । नेता त्यो हो, जसले समूहगत मान्छेहररुलाई के गर्ने भनेर निर्देशित गर्ने अख्तियारी राख्दछ । र उसलाई मान्छेहरु पछ्याउँछन् । नेता राजनैतिक क्षेत्रको व्यक्तिमात्र नभएर सामाजिक, आर्थिक, खेलकुद र हरेक Cluster  (क्लष्टरको) अभियन्तालाई मान्न सकिन्छ । नेता र नेतृत्वको विषयमा पूर्विय र पश्चिमा, अमेरिकन र युरोपियन मान्यता अनुसार फरक फरक दर्शन पाइन्छ । अमेरिकन मान्यता अनुसार नेतृत्व भन्नाले “एउटा प्रक्रिया जुन व्यक्तिको  सामाजिक प्रभाव हुन्छ र निश्चित काम, उद्देश्य हासिल गर्न अरुको सहयोग र समर्थन प्राप्त गर्दछ ।” अर्को मान्यता अनुसार नेता भन्नाले सामुदायिक परोपकारमा मात्र सिमित नभएर सँगसँगै व्यक्तिगत शक्तिको खोजसँग  सम्बन्धीत हुन्छ । मान्छे जस्तै सबै जीवले खान बस्न र वंश विस्तारका निम्ति शक्ति संचय गर्न चाहन्छ । त्यस्तै नेता पनि सर्वश्रेष्ट मानव जातिबाट नै हुने भएकाले स्वभाविक ढंगले शक्ति आर्जन गर्न खोज्दछ । शक्तिले उद्यात्त रुपलिए बुद्धिमानी महान व्यक्तित्व बन्छ भने, संकिर्ण र निकृष्ट रुप लिए  विनाशकारी, विध्वंशकारी बन्दछ ।
 
मान्छे  किन नेता बन्न चाहान्छ ?
सामान्यता व्यक्ति २ ओटा कारणले नेता बन्न चाहान्छ । केही व्यक्तिहरु Vocation (तिव्र चाहना , आवेग कुनै क्षेत्र÷पेशा प्रति)ले राजनीतिमा आउँछन् । भने अर्को सामान्य सैद्धान्तिक आधार, कारण र लिगेसीबाट राजनीतिमा आउँछन् । Vocation को कारण नेता बन्नेहरु नै इतिहासमा महान नेता भनि दर्ज भएका उदाहरण छन् जस्तो वी.पि.कोइराला, गान्धी, अब्राहम लिङ्कन आदि । उनिहरुलाई राजनीतिबाट (नेता बन्न) बाट Detach (अलग) गर्न सायद असम्भव थियो । 
 
Political Voracity (राजनीतिक मुख) भन्दा अलग भएर विरासत र क्रमबद्धताले नेता भएकाहरुको कम चर्चा हुन्छ । किनकि उनिहरुले आफ्नो मान्यता स्थापित गर्नु भन्दा पनि अग्रजहरु कै सैद्धान्तिक धरातललाई निरन्तरता दिन्छन् । नेताको प्रवृतिको कुरा गर्दा गणेशमान सिंहले भन्नु भएको थियो  “कोही भिडको पछाडि लागेर नेता बन्छन्, कोही भिडलाई आफु पछाडि लाएर नेता बन्छन् ।” असली नेता त्यही हो जसले आफ्नो Conviction (मान्यता) मा अरुलाई हिडाउन सक्छन् ।
 
सैद्धान्तिक धरातल र दार्शनिक पक्ष जेसुकै भए पनि हाम्रो जस्तो समाजमा व्यक्तिहरु नेता वन्नुमा विशिष्ट, मौलिक र Pragmatic (व्यवहारिक) कारणहरु प्रधान छन् । प्रजातन्त्र प्राप्तिको लडाई, तानाशाही राजतन्त्र, माओवादी जनयुद्ध, Inclusive Democracy (समावेशी लोकतन्त्र) को सङघर्षले गर्दा व्यक्तिहरु धेरै राजनैतिक पार्टीहरुमा स्थापित नेता बने । अधिकार प्राप्ती, लोकतन्त्र संस्थागत भएपछि पनि किन यत्रो धेरै नेता बन्ने भिड आयो त भन्ने प्रश्न उठ्न सक्छ ? लोकतन्त्रमा सामाजिक मुद्दाहरु, समस्याहरु नहुने होइनन् तर के नेता बन्नुमात्र समाधान हो त ? कि "Leadership is not only obligation but also an opportunity" (नेतृत्व गुनासो मात्र होइन अवसर पनि हो) यो व्यवहारमा चरितार्थ हुनुपर्छ । नत्र आवधिक निर्वाचन बाट नेता बन्ने र राजनीतिलाई बिना लगानीको व्यापार बन्छ । सेवा भन्दा पेशा बनाउनाले समाज रुपान्तरीत हुनुको सट्टा विकृति सिवाय केही हुनसक्दैन । समाजमा सिर्जनशिल व्यक्तिहरु नेता बन्ने कि बेरोजगारहरुको अखडा राजनीति बन्ने ? समस्या उजागर गर्न मात्र नेता बन्ने कि समाधानमुखी बन्ने आजको प्रश्न यहि हो । 
 
अबको नेता कस्तो ?
भर्खरै डा. भट्टराईको नयाँ शक्ति नेपालले  २५ वर्षमा समृद्ध नेपालको परिकल्पना गर्‍यो ।  प्र.म. ओलिले दिनका दिन समृद्धीका सपनाहरु बाँडेका बाँड्यै छन् । यी सबै घोषणाहरु कति कार्यन्वयन हुन्छन् ? हामी सबैको चाहाना समृद्ध र विकसित मुलुक नै हो तर गफमात्र हो भने यस्ता आश्वासनले जनताका दैनिक समस्याहरु र जिवनस्तरमा केही प्रभाव पार्नेवाला छैन । देश जहाँको त्यही हुन्छ । एक विद्धानले भनेका छन् "Don't tell people how to do thing tell them what to do and let them surprise you with their result"। (जनतालाई कुनै कुरा कसरी होइन के गर्नुपर्छ भनेर भन जब नतिजा आउँछ उनिहरुसँगै गएर क्रेडिट लेऊ) सायद हाम्रो परम्परा पनि यहि हो । केवल सकारात्मक कुराको जसमात्र राजनीतिक पार्टीका नेताहरुले लिने गर्दछन् ।
 
मूलतः हाम्रा राजनैतिक पार्टीहरु अधिकार प्राप्तीको उद्देश्यले स्थापित भए त्यसैले व्यवस्था परिवर्तन पछि पनि सधै राजनैतिक दर्शन र वादमा मात्र अल्झिएको पाउँछौं । राजनैतिक वाद र सिद्धान्तले मात्र देश विकास सम्भव हुदैन रहेछ । हाल नेपालको विद्यमान गरिबी, दिनको १७०० दरले युवा पलायन, ५-७ जनाको लास एयरपोर्टमा आउने क्रम यही नै हाम्रो यथार्थ हो । आर्थिक बृद्धिदर ०.७%, भ्रष्टाचार, महँङ्गी, व्यापारघाटा, शैक्षिक बेरोजगारी, लोडसेडिङ, कालो बजारी, देश अत्यन्त frazil(कमजोर) भइसकेको छ । र यहि स्थितिमा भविष्यको आशा गर्न पनि सकिन्न । महाभारतमा पटक–पटक युद्ध, अशान्ति,  लोभ, क्रोध, भय को निदान के हो ? र यो Inevitable हो भनिन्छ ।  निदानका निम्ति धर्मको पालना गर्नुपर्छ भने झै नेता बन्नु भनेको विकासको निम्ति हो समाज रुपान्तरण गर्नु हो भन्ने एउटै उद्देश्यले नेता बन्नु आजको आवश्यकता हो ।
 
विकास र नेताको आवश्यकता ?
“मान्छे खुशी हुनको निम्ति आफ्ना आवश्यकतालाई नियन्त्रण गर्नुपर्छ” भन्ने अर्थशास्त्रको सिद्धान्त छ । तर अहिलेको आधुनिक युगमा यो कति सम्भव छ अर्का विद्धान्ले के भनेका छन् भने “नेपालले अमेरिका, युरोप र समृद्ध देशको उदाहरण दिएर हुँदैन, उनीहरुको यो स्थिति आजै आएको  होइन यस पछाडि लामो सङ्घर्ष र इतिहास छ । त्यसो भए  हाम्रा सामु मलेसिया, सिंगापुर,  द.कोरिया लगायत देशहरु पनि त छन् । छोटो इतिहास र चाँडो समृद्धी हासिल गरेका । Maxover ले भने जस्तो नेता बन्न Passion(आशक्ति)  चाहिन्छ । तर आफुमात्र बन्नको निम्ति Passion होइन अरुको परोपकार र नतिजा दिने खालको Desperate & passionate नेता समाजले खोजि गरिरहेको छ । अबको पुस्ताले वाद र सिद्धान्त भन्दा व्यवहार कार्यान्वयन क्षमता र नजिता चाहन्छन् । चाइनामा एउटा उखान छ “विरालो कालो होस् या सेतो मुसा मार्नु पर्छ ।” बौद्धिकताको नाममा खुराफाती र क्रान्तिकारीताको नाममा गुण्डागर्दी गर्ने नेता होइन Action oriented (नतिजामुखि) नेता चाहिन्छ।
 
जुनसुकै छोटो अवधिमा विकास भएका मुलुकमा ३ वटा कुराहरु अयmmयल छन् । एक स्थायि सरकार र कुशल शासन। लगानीको वातावरण । उत्पादन। दुर्भाग्यपूर्ण कुरा हाम्रो देशमा ३ वटै कुराहरु छैनन् । उत्पादनमा हाम्रा युवाशक्ति त्यहि निर्यात हुन्छन् ।
 
देशमा बाह्य र निजीक्षेत्रको लगानी न्यून छ । कारण अशान्ति र Payback (लगानी फिर्ता) नहुने खतरा छ । लगानी मैत्री वातावरण छैन भने वर्षै पिच्छेको सरकार परिवर्तनले स्थाई नितीको अभावमा हाम्रो अर्थतन्त्र  सिथिल बनेको छ । अर्को शब्दमा आर्थिक अनुशासन नभएर देशको अर्थव्यवस्था जर्जर छ ।
 
यी सबै अस्तव्यस्तताका बिच पनि देश नेता र नेतृत्वविहिन बस्न सक्दैन । लोकतन्त्रमा करिस्मेटीक असाधारण नायक खोजेर बस्न मिल्दैन ।  किनकि त्यस्ता नायकहरु युद्ध मैदानमा आन्दोलनको मोर्चामा मात्र सम्भव हुन्छ । त्यसैले भएकै साधारण नेताहरु बाट देशको नीति सुधार गर्नु हाम्रो बाध्यता छ ।
 
अन्त्यमा कुनै बेला भारत वर्षमा आफ्नो साम्राज्य विस्तार गर्दै सिकन्दर आएका थिए । उनको शासन ढाल्नका लागि चाणक्य भन्ने विद्धानलाई खोजि गरियो । (चाणक्य लाई धेरैले विश्वास नगरेकाले सत्ताबाट विमुख भएका थिए) । चाणक्यले देश भरीबाट केही व्यक्तिहरुलाई खोजेर सम्पूर्ण राजनीतिको पाठ पढाए र राजकाजमा पठाए फलस्वरुप सिकन्दरको भारत छाड्न बाध्य भयो भनिन्छ । आधुनिक कालमा के मान्यता छ भने "A Good leader produces another Good Leader. But bad leader only produces the followers" Siv Kheda (एउटा राम्रो नेताले अर्को राम्रो नेता बनाउँछ भने एउटा नराम्रो नेताले कार्यकर्ता मात्र उत्पादन गर्छ ।) मैले भन्न चाहेको पुरानो पुस्ताले देश विकास गर्न  सक्दैनन भने नयाँलाई छाडिदिनु पर्छ मात्र कार्यकर्ता र झोले बनाउने होइन । तर नेता भन्नाले मुद्धाले हुने हो उमेरले होइन । तसर्थ नेता बन्ने दौडमा रहेका युवाहरुले पुरानै समस्याहरु र पुरानै ढंगले राजनीतिलाई निरन्तरता दिने हो भने नेता किन बन्ने ? 
 
होइन समाज रुपान्तरण विकास, सकारात्मक परिवर्तन गर्ने हो भने नेता बनौं, स्थापितहरुले छाड्दैनन् तर एउटा मान्यता यो छ सुरुमा दावि गर्ने अरुको विश्वास जित्ने अनि आफूले काम गरेर प्रमाणित  गर्ने प्रक्रिया बाट नेता बनिन्छ । "First nobody recognized you, after that everybody start to pull down at the end you will be success" (सुरुमा तपँइलाई कसैले चिन्दैन त्यसपछि खुट्टा तान्न शुरु गर्छन् अनि तपाइ सफल बन्नु हुन्छ) जय होस् ।



नयाँ