arrow

राउटे समुदायका मुखियालाई भेट्न सुर्खेत पुगे अध्यक्ष तिमिल्सिना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Raute Basti Surkhet88.jpg

सुर्खेत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गरेका छन् ।

कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्या बुझेका हुन् ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन,’ उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने बताए ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने बताए । 



नयाँ