arrow

नवलपुरमा काँग्रेसको वडा अधिवेशन भदौ २१ गते

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ भदौ १६ बुधबार
nepali-congress-flag.jpg_1618043342.jpeg

कावासोती । नवलपुरमा नेपाली काँग्रेसको वडा अधिवेशनहरू भदौ २१ गते हुने भएको छ । बुधवार नेपाली काँग्रेस नवलपुरको जिल्ला कार्यसमितिको बैठकले भदौ २१ गते जिल्लाका सबै ९२ वडामा एकै दिन अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
 
काँग्रेसको जिल्ला अधिवेशन सम्पन्न गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले बताए ।

लगातार वर्षा पछिको प्राकृतिक प्रकोपका कारणले जिल्लाको पहाडी क्षेत्रमा निर्वाचन सामाग्री पुर्‍याएर भदौ १८ गते वडा अधिवेशन सम्पन्न गर्न समस्या हुने भएको भन्दै बैठकले भाद्र २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिए । बैठकले नगर/प्रदेश निर्वाचन क्षेत्र/ सङ्घीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति भने हेरफेर गरेको छैन ।

काँग्रेसले नेपाल शिक्षक सङ्घ र डेमोक्रेटिक लयर्स एसोसिएसन सँग समन्वय गरेर निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ