- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । विभिन्न पार्टी परित्याग गरी डेढ सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यशोधरा गाउँपालिका वडा न.५ मा काँग्रेस द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन ।
स्थानीय अगुवा कमलेश कुमार मिश्राको नेतृत्वमा उनीहरू नेपाली काँग्रेसको लोकतन्त्र र समाजवादको सिद्धान्तलाई अँगालेर उनीहरू प्रवेश गरेको बताएका छन् । स्थानीय नेता स्वतन्त्र राजनैतिक समूहका कमलेश मिश्रा सँगै मुनेश्वर यादव ,बिना नाउ,फुर्सत अलि मिया,महीपाल गडरिया, सोमनाथ मिश्रा, कैलाश प्र. मिश्र ,कल्लु मिया,.राम प्र. मिश्र लगायत १ सय ५० बढी पार्टीमा प्रवेश गराई साधारण सदस्यता प्रदान गरिएको नेपाली काग्रेंस यशोधरा गाउँपालिका समितिका सभापति जगदीश पाण्डेयले जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व राज्य मन्त्री सुरेन्द्रराज आचार्यले नेपाली काँग्रेस सबै वर्ग र जातको पार्टी भएकोले सबैको हित र विकासमा पार्टीले सधैँ काम गर्ने बताए । कम्युनिस्ट पार्टीहरूले देशलाई विकासको नाममा अरबौँ भ्रष्ट्राचार तथा कार्यकर्ता पोस्ने मात्र काम गदेको कारण ४ वर्ष विकासमा नेपाल पछाडि परेको आरोप समेत आचार्यले लगाए ।
इकाई सभापति राधेश्याम दसौधीको अध्यक्षतामा सम्पन्न कार्यक्रम, प्रदेश सभा सदस्य रीना नेपाल जिल्ला सदस्य योगेन्द्र केसी , यशोधरा गाउँ सभापति जगदीश पाण्डे (दिनेश पाण्डे) क्षेत्रीय मुस्लिम सङ्घका अध्यक्ष अब्दुल करिम खान , पूर्व गा.बि.स. अध्यक्ष मौलाना हारुन , वार्ड न.७ का इकाई सभापति हरिषचन्द्र पाठक , वार्ड न.७का वार्ड अध्यक्ष चन्द्र प्रकाश दुबे , वार्ड न.५का वार्ड अध्यक्ष लईश पठान,भगवान्दास यादव ,परुवा लाल यादव प्रेमलता भट्ट लगायतको उपस्थिति रहेको थियो ।