arrow

पर्वतको कुश्मा नगरपालिकाका विभिन्न स्थानमा पहिरोले पुरिएर आठ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
pahiroi.jpg

काठमाडौं । अविरल बर्षासँगै आएको पहिरोमा परी पर्वतको कुश्मा नगरपालिकाका विभिन्न स्थानमा आठ जनाको मृत्यु भएको छ ।

पर्वतका डिएसपी शिवराज बुढाथोकीलाई उधृत गर्दै पत्रकार साजन परिवारका अनुसार कुश्मा नगरपालिका–३ बुर्लुङमा घरमाथिबाट आएको पहिरोले पुरिएर एकैघरका पाँचको मृत्यु भएको छ । पाँच जनामध्ये तीन जनाको शव भेटिएको छ भने दुई जना बेपत्ता छन् ।

त्यस्तै कुश्मा नगरपालिका–११ पकुवासिल्लीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै कुश्मा–८ मै पहिरोले गोठ बगाउँदा एक जनाको मृत्यु भएको पत्रकार परियारले जनाएका छन् ।

विहीबार रातीदेखि परेको अविरल बर्षासँग आएको पहिरोले अन्य विभिन्न स्थानमा भौतिक क्षति पुर्याएको छ । घट्नाको बिस्तृत विवरण आउन बाँकी छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ