बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ : पूर्व मन्त्री बलायर
पूर्व मन्त्री बलायरको वडामा निर्विरोध चयन
प्रकाश बम,
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
1k
Shares
डोटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा शुभकामना दिएका छन् । १४ औं महाधिवेशका लागि शिखर –८ मा निर्विरोध चयन भएको वडा अधिवेशनमा बोल्दै लोकतान्त्रिक विधि–प्रक्रिया सर्वसम्मत र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयनका लागि उनले शुभकामना दिएका हुन् ।
बलायरले भने,’ १४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा सबै हामी होमिएको छौ । बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरे । ’
उनले थपे, ‘सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
अधिवेशनमा सहभागी हुँदा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबैमा बलायरले अनुरोध गरे ।
पूर्व मन्त्री बलायरको वडामा निर्विरोध चयन
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा डोटी शिखर नगरपालिका वडा नं ८ मा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन भएका छन् । लाल बहादुर महाराको नेतृत्वमा कार्यसमिति चयन भएको छ । कार्यसमिति उपाध्यक्षमा केशवराज भट्ट र लक्ष्मी साउद नेपाली, सचिवमा दिपक बोगटी र जानकी ताम्राकार, सह सचिवमा लोक बहादुर रावत र कृष्णा साउद बलायर निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी सदस्यमा धौली देवी रावल, महादेव बलायर लगायतका निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी क्षेत्रीय प्रतिनिधिमा गिरि बलायर, सिद्धबहादुर बलायर, अर्जुन कुमार बलायर, धौली देवी रावल, हर्कबहादुर बलायर, कमला बलायर , इन्द्रा दमाई लगायत निर्विरोध चयन भएका छन् । वडा नं ८ केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरको वडा हो ।