- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर रूपमा चार सातायता घटेको छ । साउन २२ देखि २८ गतेसम्ममा २२.६४ प्रतिशत रहेको संक्रमण दर चौथो साता अर्थात् भदौ १२ देखि १८ गतेसम्म आइपुग्दा १३.५७ प्रतिशत पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको सातागत तथ्याङ्क विश्लेषण गर्दा साउन २२ देखि २९ गतेसम्ममा सङ्क्रमण दर २२.६४ प्रतिशत देखिएको थियो । त्यसपछि साउन २९ देखि भदौ ४ गतेसम्ममा सङ्क्रमण दर १९.८० मा झरेको थियो ।
तेस्रो साता अर्थात् भदौ ४ देखि ११ गतेसम्ममा कोभिड-१९को सङ्क्रमण दर १७.२८ प्रतिशत देखिएको थियो । पछिल्लो साता अर्थात् भदौ १२ देखि १८ गतेसम्म आइपुग्दा एक सातामा कोभिड-१९ को सङ्क्रमण दर १३.५७ प्रतिशत देखिएको छ ।
यसरी हेर्दा निरन्तर चार सातामा कोभिड-१९को सङ्क्रमण दर घटेको हो । यस्तै मृत्यु हुने सङ्क्रमितको सङ्ख्या समेत गत साता भन्दा पछिल्लो ७ दिनमा घटेको छ ।
पछिल्लो ७ दिनमा १ सय ४६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । तर, गत साता भदौ ४ देखि ११ गतेसम्ममा २ सय ९ जना सङ्क्रमितले ज्यान गुमाएका थिए ।
पछिल्लो एक साता (भदौ १२ देखि १८गतेसम्म)मा ९५ हजार ८ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये ११ हजार १३ जनामा कोभिड-१९को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा औसतमा पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ को सङ्क्रमण दर १३.५७ प्रतिशत देखिएको छ ।
यसअघिको साता अर्थात् भदौ ४ देखि १० गतेसम्ममा कोभिड-१९को सङ्क्रमण दर १७.२८ प्रतिशत देखिएको थियो । गत साता भन्दा यो साता संक्रमणदर झण्डै ४ प्रतिशतले घटेको हो ।
पछिल्लो ७ दिनमा १५ हजार २ सय ६६ जना कोभिड-१९को सङ्क्रमणबाट मुक्त भएका छन् । यस्तै सात दिनको अवधिमा १ सय ४६ जना सङ्क्रमितले ज्यान गुमाएको छ । गत साता २ सय ९ जना सङ्क्रमितले ज्यान गुमाएका थिए ।
त्यसअघि साउन २८ देखि भदौ ३ गतेसम्ममा कोभिड-१९ को सङ्क्रमण दर १९.८० प्रतिशत देखिएको थियो । त्यसअघि साउन २२ देखि २८ गतेसम्ममा सङ्क्रमण दर २२.६४ प्रतिशत देखिएको थियो ।
साप्ताहिक कोरोना अपडेट : करिब १७ हजार सङ्क्रमित थपिए, २ सय ७ जनाको मृत्यु