arrow

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । 

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आइतवार पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  
    
त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ