arrow

वर्षाले कहाँ कहाँ छ खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
weather-ktm-2078-05-21.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशैभर वर्षा भइरहेको जनाएको छ । आइतबार रातिदेखि नै परेको वर्षाले कतिपय स्थानमा बढी आएको छ भने कतिपय स्थान डुबानमा परेका छन् । 

वर्षाको क्रम जारी रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले देशभर भइरहेको लगातारको वर्षाले देशका विभिन्न भूभागका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको भन्दै सतकर्ता अपनाउन आग्रह गरेको हो । 

काठमाडौंको बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा कलसतहले सतर्कता तह पार गरेको र बढ्ने क्रममा रहेको बताइएको छ । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा बढी वर्षा भएकाले पनि त्यसले थप क्षति गर्न सक्ने आँकलन गरिएको छ । 

त्यस्तै बाँके जिल्लाको धकेरी लगायत आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टा भारी वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो क्षेत्र भएर बहने साना नदीमा एक्कासी बाढी आउन सक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । 

चितवन जिल्ला माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ । सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने, नदी तटिय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने, तटिय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ