arrow

माधव नेपालको पार्टी कार्यालय मीनभवनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
madhav-nepal-ncp-united-socialist.jpg

काठमाडौँ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका-३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । 

उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रूपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय बैठकले कार्यालय व्यवस्थापनका लागि छलफल गरेको छ । 

बैठकले पार्टी कमिटी सञ्चालन तथा जिल्लामा इन्चार्ज तोक्ने विषयमा छलफल गरी चाँडो स्थायी कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी  दिए । हालै विभाजित उक्त पार्टीमा प्रदेशसभा सदस्यका साथै स्थानीय तहका सदस्य प्रवेश गर्ने क्रम जारी छ ।

 निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने समयावधि प्रदान गरेको छ । यसैबिच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा गठन भएको समाजवादी प्रेसको विधान तयार भइसकेकाले एक साताभित्रमा दर्ता गरिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ