arrow

टेलिकमले लगानी गरेको क्षेत्रमा राजश्व घटेको छैन : प्रबन्ध निर्देशक अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
delliram adhikari.jpg

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले लगानी क्षेत्रको राजस्व नघटेको बताएका छन् ।

सोमबार टेलिकमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले यस्तो बताएका हुन् ।

गत आर्थिक वर्षमा नेपाल टेलिकमको वार्षिक आम्दानी ३.७ प्रतिशतले बढेको थियो । यद्यपि, वार्षिक नाफा भने २३ प्रतिशतले घटेको थियो ।

नाफा घट्नुपछाडि कोरोना भाइरसको महामारी, भोइस कलको कम प्रयोगलगायत महामारीकै कारण विभिन्न योजना सम्पन्नमा ढिलाइ हुनु रहेको निर्देशक अधिकारीले बताएका हुन् ।

'हामीले लगानी गरेका तीन क्षेत्र एफटीटीएच, मोबाइल र लिस्ट कनेक्टिभिटी क्षेत्रमा राजस्व बढेको छ', उनले भने । 'फिक्स, सीडीएमए, एडीएसएल, वाइम्याक्सलगायतका क्षेत्रमा लगानी नगर्दा नाफा घटेको हो', उनले अघि भने ।

नयाँ प्रविधि अर्थात् थ्रि जी र फोर जीमा माई ग्रेट हुन सीडीएमलगायतका पुराना प्रविधिको प्रयोग लगभग बन्द गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ