arrow

नबिल बैङ्कले ल्यायो “नबिल डिजी वर्कस्पेस”

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
nabil-digi-workspace.jpg

काठमाडौँ। हरेक पक्षमा अग्रपङ्तीमा रहेको नबिल बैङ्कले कुनै न कुनै नविनतम् काम गर्दै आइरहेको छ। यसै क्रममा बैङ्कले कर्मचारी दक्षता स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ। सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैङ्कले जनाएको छ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैङ्कका अध्यक्ष उपेन्द्र  प्रसाद पौड्यालले कागज विहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताएका छन्। सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरूले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन्, को सँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्ने छन्। यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैङ्क विश्वस्त छ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरूले सिस्टम अलर्ट पाउने छन् र त्यहाँ अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका कामहरू स्वीकृत गर्न सक्ने छन्। यसले कागजी प्रक्रिया बिना तीव्र रूपमा अनिर्णीत कामहरू सम्पादन गर्न सहयोग पुग्ने बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ