arrow

निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने ४० कर्मचारी (नामावली)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २२ मंगलबार
nijamati-karmachari.jpg

काठमाडौं । आज अर्थात भदौ २२ गते निजामती सेवा दिवस विविध कार्यक्रम मनाइँदैछ । दिवसका अवसरमा मंगलबार ४० कर्मचारीलाई सरकारले पुरस्कृत गर्दैछ ।

पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको छ । ‘सर्वोत्कृष्ट कर्मचारी’ भने सरकारले फेला पारेको छैन् । मन्त्रिपरिषद्को भदौ २१ को निर्णयअनुसार कर्मचारीलाई सम्मान गर्ने भएको हो ।

सरकारले कोभिड-१९ महामारी फैलिरहेको, स्थानीय प्रशासनको निषेधको आदेश कायम रहेको र कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरको प्रभावले जनस्वास्थ्यमा चुनौती थपिन सक्ने भएकाले कार्यालय परिसरमा नै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी दिवस मनाउन निर्देशन दिएको छ ।

मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा गत आइतबार बसेको निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश वाक्यका साथ तय गरेको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार

-विमल पौडेल, सहरजिस्ट्रार (सर्वोच्च अदालत)
-डा.किरण रुपाखेती, सहसचिव (राष्ट्रिय योजना आयोग)
-राजेन्द्रकुमार केसी, सहसचिव (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)
-विष्णुदत्त गौतम, सहसचिव (सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)
-डा.भीमसिं तिङ्करी, निर्देशक (स्वास्थ्य सेवा विभाग)
-हरिशङ्कर ज्ञवाली, उपन्यायाधिवक्ता (महान्यायाधिवक्ताको कार्यालय)
-नेत्रप्रसाद पौडेल, निर्देशक (महालेखा परीक्षकको कार्यालय)
-सुमना अर्याल वाग्ले, निर्देशक(कृषि व्यवस्थापन तथा अभिलेख विभाग)
-छविलाल सुवेदी, प्रमुख प्रशासकीय अधिकृत(बेनी नगरपालि, म्याग्दी)
-कमला ढकाल काफ्ले, नायब सुब्बा(महिला तथा बालबालिका विभाग)

निजामती सेवा पुरस्कार

लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा.भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटा, केदारप्रसाद नेपाल, विज्ञान बन्जारा, प्रमिला वाग्ले, कुलशेखर अर्याल, शिला ज्ञवाली, सुजितकुमार सिंह, महेशविक्रम लागेजू, भक्तिप्रसाद भट्टराई, भेषराज पन्थ, विन्ध्या कार्की, जलेश्वर राम, जिज्ञासा राई याङ्खुरुङ, भरतप्रसाद तिमल्सिना, उत्तम खनाल, खडानन्द पौडेल, केआई सिं गलान, रामनरेश साह, अमरसिंह लामा र पूर्णप्रसाद अगस्ती



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ