- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। डिस मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले पोखरामा डिशहोम फाइबर नेटको औपचारिक सुरुवात गरेको छ। भाद्र २३ गते नयाँ बजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेका छन्।
उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिसहोम फाइबर नेटको औचित्य बारे प्रस्ट पारेका थिए। उनले भने, "डिसहोमले इन्टरनेटमा गरेको लगानीले अब नेपालमा इन्टरनेट क्रान्ति सुरु भयो। सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरूलाई थप सेवा सुविधा सहित १० एमबिपिएस देखि ग्राहकको रोजाइ अनुसार १०० एमबिपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ।"
सहरी क्षेत्रमा सुरु गरेको डिसहोम फाइबर नेट आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिसहोमका क्षेत्रीय सेल्स मेनेजर प्रदीप सुबेदी ले जानकारी गराए।साथै, डिसहोम फाइबर नेट सँगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा उनले जानकारी गराए।