arrow

एमसीसी र सरकार बीचको प्रश्न-उत्तरबारे भीम रावलको आपत्तिः ‘यो षडयन्त्र कै उपज हो’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
Bhim-rawal.gif.gif

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सरकारबीच आदनप्रदान भएको पत्रका बारेमा एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् ।

एमसीसीलाई सरकारले सोधेका प्रश्नको जवाफ साथै सरकारले साधेको प्रश्नसहितको पत्रहरु जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र कै उपज हो भन्दै रावलले आपत्ति जनाएका हुन् ।

बुधबार राति सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै रावलले भनेका छन्,‘दुबै पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।’

'नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ