arrow

बिहीबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
raining.jpeg

काठमाडौं । मनसुनी वायुको प्रभावले बिहीबार देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बद्ली रही प्रदेश नं १, २  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ  । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । 

त्यस्तै बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ