- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा बिहीबार साँझ लाल बन्दीमा आयोजना गरिएको दीप प्रज्वलनको कार्यक्रम स्थगित गरिएको छ ।
लालबन्दी नगरपालिका-५, रन्जितपुर स्थायी घर भई हाल लालबन्दी-७, स्थित बजारमा बस्दै आएका नेपाली कांग्रेसका पुराना नेता एवं क्रियाशील सदस्य सूर्य प्रसाद थपलिया (शम्भु) को असामयिक निधनपछि वीपी जन्मजयन्तीमा आयोजित दीप प्रज्वलनको कार्यक्रम स्थगित गरिएको हो । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च सर्लाहीले दीप प्रज्वलनको कार्यक्रम राखे पनि थपलियाको निधनपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरिएको मञ्चका जिल्ला अध्यक्ष मनोज बख्रेलले बताए ।
६८ वर्षीय स्वर्गीय थपलिया लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको बिहीबार साँझ बागमती नदीमा अन्त्येष्टि गरिएको छ । थपलियाको पार्थिव शरीरमा काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, काँग्रेस नगर सभापति प्रशान्त आचार्य, नेताहरू सुरेन्द्र न्यौपाने, दीपक अधिकारी, विष्णुमणि घिमिरे लगायतले पार्टीको चार तारे झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।