arrow

एलजीको पाँच करोड भन्दा बढी उपहारको दशैं तिहार अभियान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
lg-dashian-offer.jpg

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दशैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई’ जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरेको नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

सीजीले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको जनाएको छ । नर्मल र स्मार्ट एलईडी टीभी, साउन्ड बार खरिदमा ग्राहकले जेन्युन एट्रयाक्टिभ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै क्यासेट र स्प्लिट एसी र फ्लोर स्टयाण्डिङ एसीका खरिदमा ग्राहकहरुले रु चार हजार रुपैयाँको निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा रु २,९६० को केन्ट ह्याण्ड ब्लेन्डर प्राप्त गर्न सीजीले जानकारी दिएको छ ।

यस अफरमा ग्राहकले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२,०९० को सीजी अइल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६० मूल्यको केन्ट ह्याण्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
 
त्यस्तै, ग्राहकले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने सीजीले जनाएको छ ।   

वासिङ मशिन फ्रन्ट लोड (९ केजीमाथि वासर ड्रायर) को खरिदमा रु २,६५० मूल्यको फ्री सीजी ह्यालोगेन हिटर, वासिङ मेशिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा रु ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेशिन टप लोडको खरिदमा फ्री ड्राइ आयन प्राप्त गर्न सक्ने पनि सीजीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

यो योजना देशभर नै सीमित अवधिका लागि लागू हुने पनि सीजीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ