arrow

कोभिड-१९ साप्ताहिक अपडेट : सङ्क्रमण दर ११ प्रतिशतमा झर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
Infograph-covid-weekly.jpg

काठमाडौं । पछिल्ला पाँच साता यता नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्ने हो भने, पछिल्लो सात दिनको औसत सङ्क्रमण दर ११ प्रतिशतमा झरेको छ ।

पछिल्लो एक साता(भदौ १९ देखि २५गतेसम्म)मा ८५ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । यीमध्ये ९ हजार ९ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसरी हेर्दा पछिल्लो एक साताको सङ्क्रमण दर ११.७१ प्रतिशत देखिएको छ । गत साता (भदौ १२ देखि १८ गतेसम्म)मा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर १३.५७ प्रतिशत रहेको थियो ।

पछिल्लो एक सातामा १३ हजार २ सय १० जना कोरोना भाइरसको सङ्क्रमण अर्थात् कोभिड१९बाट सङ्क्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक सातामा १ सय १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । गत साता १ सय ४६ जना सङ्क्रमितले ज्यान गुमाएका थिए ।

यो साता गत साता भन्दा झन्डै २ प्रतिशतले सङ्क्रमण दर कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हेर्ने हो भने गत साउन अन्तिम साता यता नेपालमा कोभिड-१९को सङ्क्रमण निरन्तर घट्दै गएको छ ।

गत साउन २२ देखि २८ गतेसम्ममा सङ्क्रमण दर २२.६४ प्रतिशत रहेको थियो ।



नयाँ