arrow

लोकतान्त्रिक खेलकुद संघले पुरस्कृत गर्यो पलेशालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
palesha-goverdan-samman.jpg

काठमाडौं । बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । 

प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसवापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्वियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ