arrow

पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
pokhara.jpg

पोखरा । कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पोखराको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्नेमा जोड दिइएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसिएशन अफ नेपाल ९रेवान० पोखराको साधारणसभामा यस्तो जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संक्रमण घट्दो अवस्थामा भएपनि अब पर्यटन क्षेत्रका सबै खाले गतिविधि सञ्चालन हुनुपर्नेमा जोड दिए ।

अहिले पोखराका होटल तथा रेष्टुरेण्टहरु विस्तारै खुल्दै गएको भन्दै उनले असोजको पहिलो सातादेखि नै पर्यटन सम्बन्धित अन्य गतिविधि पनि सञ्चालन गर्नुपर्ने बताए । यसका लागि पर्यटनसंग सम्बन्धित सम्पूर्ण संघसंस्था बीच सहकार्य र हातेमालो गर्न आवश्यक रहेको उनले स्पष्ट पारे ।

व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले अनावश्यक झमेला दिइरहेको भन्दै अध्यक्षम भट्टराईले यो समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशा व्यक्त गरे ।

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाभित्र भएका विकासे गतिविधिबारे प्रकाश पार्र्दै आगामी दिनहरुमा गर्नुपर्ने कामका बारेमा अवगत गराएका थिए । कार्यक्रममा संस्थाका महासचिव विकास भट्टराईले संस्थाका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाका गतिविधिहरुमा सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्था तथा संस्थामा आवद्ध भएका नयाँ व्यवसायीहरुलाई स्वागत एवं सम्मान गरिएको थियो । 

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ