arrow

पूर्व पत्रकार बने एकीकृत समाजवादी हरिवनको अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
hariwan-patrakar.JPG

सर्लाही । सर्लाही नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ । हरिवन नगरपालिका-९, दनुवारी स्थित प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीको निवासमा भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो । 

वाग्ले पत्रकार महासङ्घ सर्लाहीको संस्थापक अध्यक्ष हुन भने सर्लाहीकै पहिलो सामुदायिक रेडियो सर्लाही खोलेर यसको समेत संस्थापक अध्यक्ष बनेका थिए । वाग्लकैे नेतृत्वमा प्रेस चैतारीको समेत स्थापना गरिएको थियो । 

२०५३ साल देखि सर्लाहीमै प्रकाशन हुन परिचर्चा साप्ताहिकको सञ्चालक तथा प्रकाशक रहेर काम गरेका वाग्लेले यस पत्रिका करिब २०७२ सम्म सञ्चालन गरेका थिए । भने २०६८देखि ७२ सम्म सामुदायिक रेडियो सर्लाहीका संस्थापक अध्यक्षको रूपमा कार्यरत रहेका थिए । 

उनी पत्रकार महासङ्घ सर्लाहीको संस्थापक अध्यक्ष समेत हुन् । उनले महासङ्घको २०५३ मा महासङ्घको नेतृत्व र २०५७ सालमा एमाले निकट प्रेस चौतारी नेपाल सर्लाहीको संस्थापक अध्यक्ष भएर समेत नेतृत्व सम्हालेका थिए । 

 भेलाले उपाध्यक्षमा कर्ण बहादुर लुंगेली, सचिवमा किशोर मिक्चन र सह-सचिवमा सजनि स्याङ्तानलाई सर्बसहमत चयन गरेको समाजवादीका नेता भरतकुमार कार्कीले जानकारी दिए । सङ्गठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरू मात्रको नेतृत्व चयन गरिएको र निकट भविष्यमा नगर कमिटीमा पदाधिकारी एवं सदस्यहरू थप्ने पार्टीले जनाएको छ । 

समाजवादीको अध्यक्ष बनेका वाग्ले स्थानीय तह हुनुअघि केही समय नेकपा एमाले हरिवन नगर कमिटीको अध्यक्ष समेत रहेका थिए । साबिक एमालेको नगर कमिटीलाई नै एकीकृत समाजवादीमा समाहित गरिएको वाग्लेले दाबी गरे । 

समाजवादी पार्टीले आइतबार जिल्ला नेतृत्व चयन गर्दै छ । हरिवन स्थित सम्राट् पार्टी प्यालेसमा आयोजना हुने जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरूमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ