arrow

“यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम”

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
cg-smart-home.jpg

काठमाडौँ। नेपालको सबै भन्दा ठुलो इलेकट्रोनिक्स ब्राण्ड सिजीले नजिकिएको नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै “यो उत्सवमा घरलाई बनाऔँ सिजी स्मार्ट होम” नामक योजना हालै बजारमा ल्याएको छ। उक्त योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

५५ हजारसम्मको महा बचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सिजीको आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था रहेको छ। 

योजना अन्तर्गत सिजीका कुनै पनि एलइडि टिभी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू समेत प्रदान गर्नेछ। त्यस्तै सिजीको माइक्रोवेभ ओभनको खरिदमा  २८ सय बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसिको खरिदमा चर हजार बराबरको निःशुल्क जडान तथा क्यास ब्याक र सिजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सिजीका सामानहरू खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीऐसऐच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखि ३१००१ म पठाउन पर्नेछ। कम्पनीले यो योजना भाद्र २५, २०७८ देखि सीमित अवधिका लागि नेपाल अधिराज्य भर लागू गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ