arrow

टिसिएलको ‘क्यासब्याक र बम्पर उपहार’ योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
tcl-dashain-2078-bumber.jpg

काठमाडौँ। इलेकट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै ‘यस दसैँ तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ५८ हजार ७ सयसम्मको क्यासब्याक प्राप्त गर्न सकिने यस योजनामा बम्पर उपहार अन्तर्गत २ जना भाग्यशाली ग्राहकहरूले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभी समेत जित्न सकिने व्यवस्था गरिएको छ।

यस योजना अन्तर्गत टिसिएलका विभिन्न सामानहरू जसमा एलइडि टिभीको खरिदमा ५८ हजार ७ सय रुपैयाँ, वाशिङ मेसिनको खरिदमा २० हजार एक सय, एसिको खरिदमा ५१ हजार ५ सय साथै  ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसि जडान र वाटर डिस्पेन्सरीको खरिदमा ४ हजार २ सय रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ। साथै टिसिएलले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरू र निःशुल्क डेलिभरी पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

टिसिएलका सामानहरू खरिद गरे पश्चात् ग्राहकहरूले आफूलाई बम्पर उपहारमा सहभागी गराउन टिसिएलएफओ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस्एमएस् गर्नुपर्नेछ। कम्पनीले यो योजना भाद्र २७, २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ।

टिसिएल ब्राण्डको अधिकाधिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ