arrow

सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा एसमा जानबाट नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
supreme-court-long.jpg

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मा जान चाहेका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सुनुवाइ गर्दै मंगलबार सो हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै उनीहरू दुवै जनालाई नेकपा एसमा आबद्ध हुन बाटो खुलेको छ । 

उनीहरू दुवै जनाले माधव नेपाल नेतृत्वको नेकपा एसमा आबद्ध हुन माग गर्दै गत ८ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले भने तोकिएको समय सकिएपछि निवेदन आएको भन्दै उनीहरूलाई सो दलमा आबद्ध हुनबाट रोकेको थियो । 

त्यसपछि उनीहरू दुवै जना आयोग विरुद्ध सर्वोच्च गएका थिए । निर्वाचन आयोगलेको निर्णयले उनीहरूको दलीय आबद्धताको हैसियतमा असर परेको सर्वोच्चको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ