सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा एसमा जानबाट नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
869
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मा जान चाहेका नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सुनुवाइ गर्दै मंगलबार सो हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै उनीहरू दुवै जनालाई नेकपा एसमा आबद्ध हुन बाटो खुलेको छ ।
उनीहरू दुवै जनाले माधव नेपाल नेतृत्वको नेकपा एसमा आबद्ध हुन माग गर्दै गत ८ भदौमा निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर आयोगले भने तोकिएको समय सकिएपछि निवेदन आएको भन्दै उनीहरूलाई सो दलमा आबद्ध हुनबाट रोकेको थियो ।
त्यसपछि उनीहरू दुवै जना आयोग विरुद्ध सर्वोच्च गएका थिए । निर्वाचन आयोगलेको निर्णयले उनीहरूको दलीय आबद्धताको हैसियतमा असर परेको सर्वोच्चको ठहर छ ।