arrow

सेञ्चुरी बैङ्कको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’ सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
century-premium-remit.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्कले आफ्ना ग्राहकहरूको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’को सुरुवात गरेको छ। एक हजार रुपैयाँमा न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गरिने बैङ्कले जनाएको छ। यस खातामा अन्य बचत खातामा भन्दा एक प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैङ्किङ र मोबाइल बैङ्किङ पनि निःशुल्क उपलब्ध गरेको छ। उक्त खातामा लक्कर सेवा, एटिएम र अन्य सुविधाहरूको व्यवस्था समेत गरेको छ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरूले आफूलाई सहज हुने सेञ्चुरी कमर्सियल बैङ्कको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्ने सुविधा लिन सकिने बैङ्कले जनाएको छ। उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैङ्कलाई अनिवार्य उपलब्ध गराउनुपर्ने छ।

बैङ्कले काठमाडौँ उपत्यकामा २३ शाखाहरू र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरू र ३ वटा एक्सटेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैङ्किङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

अन्य जानकारीका लागि बैकको वेबसाइट तथा बैकका शाखा कार्यालयहरूमा सम्पर्क राख्न अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ