arrow

सिटी एक्सप्रेस र युरोपको टेरा पेमेन्टबीच रेमिटान्स सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
city-express-terra-pay.jpg

काठमाडौं । युरोपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार शुरु भएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेका तर्फबाट सहसंस्थापक एनी सानेले हस्ताक्षर गरेका छन् । 

यो सम्झौतासँगै युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्सप्रेसले जनाएको छ । साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ