arrow

सलमानको ‘अन्तिम’ दशैंमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
salman-khan-420.JPG

काठमाडौं । बलिउड दबंग स्टार सलमान खानको चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’ निकै महत्वाकांक्षी मेघा प्राजेक्ट हो । यसको चर्चा निकै चुलिएको छ । यो चलचित्र दशैंका बेलामा रिलिज हुने बताइएको छ । 

चलचित्र निर्माताले अर्को हप्ता फिल्मको नयाँ पोष्टर सार्वजनिक गर्ने योजनामा रहेको भारतीय संचारमाध्यमले लेखेका छन् । अर्को हप्ता फिल्मको ट्रेलर पनि सार्वजनिक हुनेछ । 

यो चलचित्र १५ अक्टुबर अर्थात् ठ्याक्कै एक महिनामा चलचित्र हलमा आउने मिति पनि तय गरिने बताइएको छ । 

हाल गणेश चतुर्थीको दिन फिल्मको पहिलो गीत ‘विघ्नहर्ता’ रिलिज भएको छ । 

यो फिल्ममा सलमानसँगै आयुष शर्मा पनि लिड रोडमा छन् । 

एक्सन थ्रिलर फिल्मको निर्देशन महेश मान्जरेकरले गरेका हुन् । ‘अन्तिम’ मराठी फिल्म ‘मुलशी पैटर्न’ को हिन्दी रिमेक हो । 

यो पाँच भाषा (हिन्दी, तमिल, तेलुगु, कन्नड र उडिया) मा रिलिज हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ