arrow

मानव धर्मको वृहत् रक्तदान कार्यक्रम असोज २ र ५ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
blood-manav-dharma.jpg

काठमाडौँ । नेपाल मानव धर्म सेवा समितिले वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सवको अवसरमा असोज २ र ५ गते खुला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको समितिले जनाएको छ। रक्तदान कार्यक्रम समितिको केन्द्रीय कार्यालय गौशालास्थित श्री हंस आत्मबोध आश्रममा हुनेछ । 

समितिले विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । कोभिड १९ महामारीका कारण रगत अभाव भइरहेको समयमा समितिले  देशव्यापी रक्तदान कार्यक्रम गर्न लागेको हो ।  रक्तदान जीवनदान, आत्म ज्ञान अतिमहान, कोरोना सङ्क्रमितको जीवन रक्षा, हाम्रो अभियान भन्ने उद्घोषका साथ समितिका देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान कार्यक्रम आयोजना हुनेछ। 

नेपाल मानव धर्म सेवा समितिले आत्म ज्ञान प्रचार प्रसारका साथै सामाजिक सेवा र सनातन संस्कृतिको जर्गेनाका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ  । महाभूकम्पको समय, बाढी पहिरो लगायताका अन्य प्राकृतिक प्रकोपको समय पनि संस्थाले सधैँ मानवीय सेवा कार्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ