arrow

मानिसको अनुहार भएको सर्प निस्कियो भन्दा किन उर्लियो भीड

असत्यले धारण गरेको छ सत्यरूपी कपडा

logo
आत्मज्ञान १
प्रकाशित २०७६ भदौ २२ आइतबार

काठमाडौं ।  एक वैज्ञानिकलाई जति प्रेम आफ्नो प्रयोगशालासँग हुन्छ त्यतिनै प्रेम एक पुजारीलाई भगवानको मन्दिरसँग हुन्छ। पुजारी पनि मन्दिरमा भगवानको अघि आरती गर्छ, भोग लगाउछ, उपासना गर्छ। उसको लक्ष्य भगवानको दर्शन गरु भन्ने हुन्छ। जो सृष्टिकर्ता हुनुहुन्छ, जो परम सत्य छ त्यसलाई जानुँ भन्ने नै हुन्छ। एक वैज्ञानिक पनि आफ्नो प्रयोगशालामा यही चाहन्छ कि म त्यस पूर्ण सत्य (absolute truth) लाई जानु , सत्यको खोज गरु भन्ने नै हुन्छ।

त्यसो भए सत्य के हो ? यो निकै बहुत ऐतिहासिक वाक्य हो। आज पनि यही मूल प्रश्न हुनुपर्छ कि सत्य के हो ? यही सबैभन्दा ठूलो प्रश्न हो संसारमा। हाम्रो ऋषि-मुनिहरुको पनि सधै यही प्रार्थना रह्यो कि:

असतोमा सद्गमय!
तमसोमा ज्योतिर्गमय !!
मृत्योर्माऽमृतं गमय !!!

उनिहरुले भने हे भगवान ! हामीलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस, अध्यारोबाट ज्योतिको तर्फ लिएर जानुहोस, मृत्युबाट अमृततर्फ लिएर जानुहोस । अब हामीले यो सोच्नुपर्नेछ कि त्यो असत्य के हो जुन असत्यमा अल्झिएका व्यक्तिले प्रार्थना गरे । हे प्रभु ! हे जगदीश्वर !! मलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस । हामी त्यस असत्यको वास्तविकतालाई बुझ्न सकिरहेका छैनौ र उल्टै त्यसै असत्यलाई आज सत्य मान्न थालेका छौ। यही हाम्रो सम्पूर्ण मानवताको दर्भाग्य हो । जस्तो एक व्यक्ति पीतललाई सुन मान्छ वा सुनलाई पीतल सम्झन्छ। तर दुवै अवस्थाहरुमा नै उ गलत हुन्छ र मुर्ख कहलिनेछ । यसै प्रकार सत्यलाई असत्य सम्झिनु र असत्यलाई सत्य मान्नु, यो सबैभन्दा ठूलो मुर्खता हो । तर आजकल त जुन सत्यलाई असत्य मान्छन् र असत्य तथा मिथ्यालाई सत्य मान्छन् उनै विद्वान कहलिन्छन् ।

असत्यले सत्यको कपडा लगाएको छ
आजको स्थिति ठ्याकै एक द्रष्टान्त आउछ कि एक समय भगवान विष्णुको दर्शन गर्न सत्य र असत्य दुवै निस्किए । दर्शन गर्नुभन्दा पहिले उनीहरु स्नान गर्न गए। जबसम्म मानिस स्नान गरेर शुद्ध हुदैन तब भगवान् विष्णुको दर्शनको सौभाग्य वा उनको फल प्राप्त कसरी हुन्थ्यो ? तब सत्य र असत्यले नजिकैको जलाशयमा पुगी आफ्नो कपडा खोले र स्नान गरे।

असत्यले चाडै स्नान गर्‍यो । स्नान गरेर उ पोखरीबाट बाहिर निस्कियो र सत्यको कपडा लगाएर हिड्यो । सत्य जब स्नान सकेर बाहिर निस्कियो तब देख्यो आफ्नो कपडाहरु त्यहा छैनन, केवल असत्यको कपडा बाकी छ। अब बिना कपडा भगवान विष्णुको दरबारमा कसरी जानु । तब बाध्यताले उ असत्यको कपडा लगाएर त्यहाँ पुग्यो । भन्नुको मतलब, त्यस समयदेखी जुन असत्य छ त्यसले सत्यको कपडा लगाएको छ र जुन सत्य छ, उसले असत्यको कपडा धारण गरेको छ ।

अंधविश्वास
उदाहरणको लागि, यदि कुनै व्यक्तिले भनोस कि तपाईको शहरमा यस्तो सर्प निस्किएको छ जसको मुख मानिसको छ, पुच्छर सर्पको छ तथा उ साक्षात् भगवान विष्णुको अवतार हो तब यो सुनेर हजारौ मानिसहरु त्यहाँ पुग्नेछन्। दर्शन गरेर कोहि यो सोच्नेछैनन् कि यस्तो कसरी हुन सक्छ र फेरी मानवलाई सम्झाउनको लागि, मानवलाई मार्गदर्शन गर्नको लागि यदि भगवान आउनु भए पनि मनुष्य रूपमा नै आउनुहुनेछ, पशु-प्राणीको रूपमा किन आउनुहुनेछ ? तर वास्तविक असत्यले सत्यरूपी कपडा धारण गरेको छ, हामी सबै यही सोच्छौ कि जे हामी सुनिरहेका छौ, यो सत्य हो , ठीक हो।

यस विपरीत यदि कसैले हामीलाई शास्त्रहरुको गूढ रहस्यहरुलाई सम्झाए र यो भने कि, यस जीवनमा परमपिता परमात्माको साक्षात्कार गर्न सकिन्छ, त्यसको अनुभव हुनसक्छ तब मानिसले भन्नेछन् यो त असम्भव हो, यो बिल्कुल झूठ कुरा हो, यस्तो कसरी हुन सक्छ, कसले गरेको छ आजसम्म?

हामी यो विचार गर्दैनौ कि यदि कसैले भगवानको अनभव नगरेको भए पहिले पहिले भगवान छन् भन्ने कसरी बने र दोस्रो हाम्रा ऋषि-मुनिहरुले बिना अनुभूति कसरी लेखे हाम्रो धर्मशास्त्रहरुमा कि परमात्माको अनुभव गर्न सकिन्छ ? अनुभव गरेर नै उनिहरुले भने होलान। तर हामी सन्तहरुको सत्य कुरालाई मान्न तयार छैनौ र असत्यलाई तुरुन्त मान्छौ । जसकारण  हाम्रो समाजमा अन्धविश्वाश बोलबाला भएको छ ।



नयाँ