माओवादी केन्द्र एक नम्बर पार्टी बन्छ, गठबन्धनले दुई तिहाइ ल्याउँछ : अध्यक्ष प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
1.1k
Shares
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
आगामी दिनमा संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने घोषणा गर्दै आगामी निर्वाचनमा एक नम्बर पार्टी बनाएर छाड्ने बताएका हुन् ।
माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले आउँदो निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।
उनले भने, शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो । अब फेरि पनि एक नम्बरको पार्टी बन्छ।’
उनले हालको सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरु आगामी निर्वाचनसम्म सँगै रहेको अवस्थामा दुई तिहाइ आउने पनि दाबी गरे । ‘कांग्रेस–माओवादी–एकीकृत समाजवादी र जसपाबीचको गठबन्धन निर्वाचनसम्म जान सके दुई तिहाइ आउँछ’ उनले भने । अध्यक्ष प्रचण्डले गठबन्धन बचाएर चुनावपछि फेरि पनि सरकार बनाउने बताए ।