arrow

दाइजो नल्याएको भन्दै ससुरा र श्रीमानले ज्यान लिने धम्की दिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
sita-pattel.JPG

काठमाडौँ । २ महिना अघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको भन्दै श्रीमान् र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौँ आएकी छिन् । उनले प्रहरीले समेत आफूलाई कुटपिट गरी ज्यानको धम्की दिएको बताइन् ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित पटेलले श्रीमान् उमेश साह गोढ र ससुरा जवाहिर साह गोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको बताइन् । उनले भनिन्, ‘म माथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झुटा मुद्दा लगाई थुनामा समेत राखेर यातना दिइयो ।’ 

अदालतबाट माग भएअनुसार धरौटी बुझाई भदौ २२ गते कारागारबाट आफू थुनामुक्त भएको सुनाउँदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामान समेत लगेको सुनाइन् । कोठाबाट परिवारले ३२ इन्चको एल।सी।डी टि।भी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित १ थान गहना लगेको उनको भनाई छ ।

सामुदायिक प्रहरी पर्साका सचिव दिलीप प्रधानले आफ्नो कपाल समातेर टाउको ठोक्काइदिएको भन्दै तत्काल कारबाहीको माग गरिन् । प्रधानसहित आएका ससुराले चक्कुले ज्यान मार्ने उद्देश्यले आफुलाई ४-५ पटक पिठ्युमा प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको समेत बताइन् । उनले भनिन् ‘पर्साका एसपी बेलबहादुर पाण्डेले जाहेरी लिन नमानेर मूल कापी नै च्यातेर फालेर ज्यान बचाउन भए नेपालबाट भाग्न धम्की दिए ।’

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छिन् । श्रीमानसँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ